मन्त्रिपरिषद् बैठक सकियो : यस्ता छन आजका निर्णयहरु

काठमाण्डौ ! सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य निर्धारण गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। बैठकले उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बैठकले विभुषण सम्बन्धि अध्ययन समिति समेत गठन गरेको छ । त्यस्तै बैठकले  २ सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

सरकारले सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ता तोकेको छ । बैठकले मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्ययोजना बनाउन ७ दिनको समय दिने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *