मन्त्रिपरिषद निर्णय : पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने

काठमाडौं । आगामी पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पुस २५ संसदको अधिवेशन गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

सोही व्यवस्था अनुसार हिजोको पहिलो मन्त्रिपरिषद बैठकले राष्ट्रपतिलाई २५ गते अधिवेशन आह्वान गर्नेगरी सिफारिस गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *