नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले सबै कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।

यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९–८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो ।

यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘सबै तहका निजामती कर्मचारी,सेना, प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले बजेटमार्फत साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो ।

तर अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर १५ प्रतिशतभन्दा बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुको तलब १५ प्रतिशत हुने गरी तोकिएको नयाँ तलवमान अर्थ मन्त्रालयले मन्त्रिपरिषदको कार्यालयमा प्रस्ताव पठाएको सार्वजनिक भएपछि नायब सुब्बाहरुले आन्दोलन शुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *