संघ र प्रदेशको निर्वाचन मिति तोक्ने मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज पनि बस्दैछ । आजको बैठकबाट संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा संघ र प्रदेशको निर्वाचन मिति तोक्न दलहरु सहमत भइसकेको छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते निर्वाचन गर्न दलहरुलाई प्रस्तव गरेका थिए । यद्यपि सत्ता गठबन्धनको दलहरुले आआफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्ने बताएका थिए ।

आजको मन्त्रिपरिषद बैठक बस्नुअघि सत्ता गबन्धनको बैठक पनि बस्ने तयारी भइरहेको छ । निर्वाचन आयोगले पनि यसअघि नै आउँदो ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको एक महिना हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *