मन्त्रीपरिषदको नियमित बैठक बस्दै

काठमाडौ ! आज मन्त्रिपरिषद्‌को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी समेत आजको बैठकबाट बाँडफाँड गरिने स्रोतले जनायो ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा देउवा शुक्रबार नयाँदिल्ली जाँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले दोस्रो दिन भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ । नेपालबाट प्रधानमन्त्री स्तरको भारत भ्रमण चार वर्षपछि हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *