काठमाडौं । सरकारले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न सरकारले गौरिबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
आयोगले आफ्नो गत फागुन २४ गते नै सरकारलाई बुझाइसकेको छ । यस विषयमा सोमबार विस्तृत जानकारी सार्वजनिक गरिने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
