मन्त्रीपरिषदको बैठक बस्दै, स्थानिय निर्वाचनको मिति घोषणा हुनसक्ने

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकबाट आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ।

आइतबार बसेको प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा आजको मन्त्रिपरिषद् बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *