काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ। यसैगरी बैठकमा सरकारका नियमित काम कारवाही र नियुक्ति गरिने बुझिएको छ।
प्रधानमन्त्रीले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकलाई पनि सम्बोधन गर्दैछन्। उनले भ्रमण र समसामयिक राजनीतिक घटनाबारे जानकारी गराउने छन्।
