मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ६ बजे बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। देशमा मनसुन आइसकेकाले विपद् व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ।