काठमाडौं ! आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।