मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं : मन्त्रिपरिषद बैठक बस्दैछ। बिहान १०:३० बजेका लागि बोलाइएको बैठकले सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्नेछ। नीति तथा कार्यक्रमलाई आज संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्। संघीय संसदको दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।