काठमाडौं ! मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ५ बजे बस्ने छ।
बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिन सक्नेछ। सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका कारण रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गर्नुपर्नेछ।