मन्त्रीहरूको त्रैमासिक समीक्षा हुँदै

काठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् ।

चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ।

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।