काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिकालगायत मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ।