नेपालको व्यापार घाटा १४ खर्ब ५० अर्ब नाघ्यो

काठमाडौं ! गत आर्थिक वर्ष २०७९/०८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

कुल १७ खर्ब ६८ अर्ब ८७ करोडको वैदेशिक व्यापारमा १६ खर्ब ११ अर्ब ७३ करोडको वस्तु तथा सेवा आयात भएको छ भने निर्यात जम्मा १ खर्ब ५७ अर्ब १४ करोडको मात्रै भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आयात १६ प्रतिशत, निर्यात २१ प्रतिशत र समग्रमा व्यापार घाटा १५.४५ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्षमा १९ खर्बको आयात हुँदा २ खर्बको निकासी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *