व्यापारमा नेपालको ७ महिना : घाटा मात्रै १० खर्ब नाघ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७८\७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ ।

अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार घाटा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ थियो ।

तथ्याङ्कअनुसार नेपालले माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात गरेको छ । अघिल्लो माघको तुलनामा यो ४२।७८ प्रतिशतले बढी हो । निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ । सात महिनासम्म नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड रुपियाँको निर्यात गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा ८८.३० प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै ७२ अर्ब ९६ करोड रुपियाँको डिजल आयात भएको छ । त्यसपछि ३९ अर्ब ६६ करोड रुपियाँको कच्चा भटमास तेल, ३४ अर्ब ६९ करोड रुपियाँको एलपी ग्यास, ३३ अर्ब ५६ करोड रुपियाँको पेट्रोल र २९ अर्ब ८६ करोड रुपियाँको अर्ध प्रशोधित फलाम समाग्रीहरूको आयात भएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *