आजबाट चारपाङ्ग्रे सवारीसाधनलाई न्युरोड जान रोक : खुलामञ्चमा पार्किङ गर्नुपर्ने

काठमाडौं : काठमाडौंको न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले एक सूचना जारी गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चाप बढेकाले यात्रुवाहक, मालवाहक तथा निजी सवारी साधनले खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जानकारी दिएको हो।

कार्यालयका अनुसार दसैंको समयमा भीड बढ्दै गएकाले आजदेखि फुलपातिसम्म यो व्यवस्था लागू गरिएको हो। बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *