बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडामा वृद्धि

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर २३ प्रतिशतल वृद्धि गरेको छ । बुधबार प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।

पछिल्लो समय उपत्यकामा भाडा बढाउन माग गर्दै चालकहरुले आन्दोलन गर्दै आइरहेका छन् । उनीहरुले सवारीको भाडा नबढाइए आन्दोलन नै गर्ने भन्दै सडकमा बस तेर्साएर राख्दै आएका छन् ।

उपत्यकामा भाडा वृद्धि गर्न माग गर्दै चालकहरुले आन्दोलन गरेपछि यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा बागमती प्रदेशका यातायात मन्त्री केशवराज पाण्डेलाई भेटेर भाडा समायोजन गर्न दबाब दिइएको थियो । यातायात व्यवसायीको दबाबसँगै आगामी कात्तिक १ देखि लागू हुने गरि सार्वजनिक सवारीमा २३ प्रतिशतले भाडादर वृद्धि गरिएको छ ।

भाडा दर समायोजनमा उपत्यका भित्र चल्ने सार्वजनिक सवारीको हकमा फरक फरक भाडादर वृद्धि गरिएका छ । ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा बढीको भाडादर ३५ रुपैयाँ कायम भएको मन्त्रालयद्वारा जारी भाडा सूचीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *