काठमाडौं उपत्यकाका सार्वजनिक सवारीसाधनमा आजबाट न्युनतम भाडा २० रुपैयाँ

काठमाडौँ — उपत्यकामा आजदेखि सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेश सरकारले नयाँ वर्षदेखि लागू हुने गरेर सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो । प्रदेश सरकारको सोही निर्णयअनुसार आजदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको हो । यातायात मन्त्रालयले फागुन २४ गते भाडा बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार अब काठमाडौं उपत्यकामा यात्रुले गाडी चढ्ने वित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ ।

यात्रुले ५ किलोमिटरसम्मको दूरी यात्रा गर्न परेमा उक्त भाडा बुझाउनुपर्ने छ । यसैगरी, १० किलोमिटरसम्मको दूरी यात्रा गर्दा २५ रुपैयाँ, १५ किलोमिटरसम्मको दूरी यात्रा गर्दा ३० रुपैयाँ, २० किलोमिटरसम्मको दूरी यात्रा गर्दा ३३ र २० भन्दा बढी किलोमिटरको यात्रा पार गर्नुपर्नेमा ३८ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *