बुद्ध एयरका क्याप्टेनको निर्णयले ७३ जनाको ज्यान यसरी जोगियो

काठमाण्डौ ! क्याप्टेन आङ्गेलो शेर्पाको निर्णयले जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको बुद्ध एयरले जनाएको छ ।

सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्धको जहाज विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाण्डुतर्फ फर्काइएको जहाज क्याप्टेन आङ्गेलो शेर्पाले २ घण्टापछि काठमाण्डुमा सुरक्षित अवतरण गराएका थिए ।

७३ यात्रुसहित जोखिमपूर्ण अवस्थामा रहेकाे जहाज क्याप्टेन शेर्पाले २ घण्टापछि काठमाण्डुमा सुरक्षित अवतरण गराएका हुन् । विराटनगर विमानस्थलमा अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएर टावरले पनि गियर नझरेको जानकारी दिएपछि जहाजलाई क्याप्टेनले पुनः काठमाण्डु फर्काउने निणर्य गरेको बुद्ध एयरले स्पष्ट पारेको छ ।

बुद्धले विज्ञप्ति जारी गर्दै क्याप्टेनको एक निर्णयले जहाज सुरक्षीत अवतरण गरिएको बताएको छ । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केहीबेर काठमाण्डुको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको जनाएको छ ।

‘सुरक्षामा शून्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाण्डुमा फर्काउने निणर्य ग¥यो । काठमाण्डु आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाण्डु विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो’,बुद्धले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *