काठमाडौं – पूर्वमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ आज सार्वजनिक भएको छ । पूर्वराजदूत नीलाम्बर आचार्य, बुबा इन्द्रप्रसाद र आमा रनधाता पोखरेललगायतले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । पूर्वराजदूत आचार्यले पुस्तकमा समाजवादका विषयमा गहन अध्ययन गरी तयार पारिएको हुनाले पढ्नका लागि पुस्तक उपयुक्त भएको बताउनुभयो ।
लेखक पोखरेलले नेपालको राजनीतिक परिवर्तनमा एमालले खेलेको भूमिका, संविधान निर्माणमा पुर्याएको योगदान र कम्युनिष्ट सरकारको नेतृत्वमा भएका उपलब्धिलाई पुस्तकमा समेटेको बताउनुभयो । “मुलुकको विकासका लागि प्राकृतिक स्रोतसाधनको कसरी उपयोग गर्न सकिन्छ भन्ने बारे आफ्ना दृष्टिकोण प्रस्तुत गरेको छु”, उहाँले भन्नुभयो ।
जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारले प्रकाशन गरेको उक्त पुस्तकमा विभिन्न समयमा प्रकाशन भएका चार सय लेख रचनामध्येबाट ७४ लेख रचनालाई समावेश गरिएको छ ।