डा.वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित “मल्लकालीन संस्कृति र चाडपर्व” नामक पुस्तकको विमोचन

काठमाडौं ! डा.वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित “मल्लकालीन संस्कृति र चाडपर्व” नामक पुस्तकको आज शनिवार एक कार्यक्रमबीच भक्तपुरमा विमोचन गरिएको छ । पुस्तकमा मल्लकालीन संस्कृति तथा नेपालमा मनाइने चाडपर्वका बारेमा विविध विषयहरु उल्लेख छन् । प्रतिनिधि सभा सदस्य माननीय प्रेम सुवालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुवालका अलावा मन्चमा आसिन अन्य अतिथिहरु भक्तपुर नगरपालिकाकी उपप्रमुख ई. रजनी जोशी,संस्कृतिविद् प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठ, त्रिभुवन विश्व विद्यालयका प्रा.डा.कन्हैया झा,पुस्तकका भाषा सम्पादक तथा गीतकार शान्तिराम भट्टराई,भक्तपुर नगरपालिका वार्ड नम्बर ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छे,बुढानिलकण्ठ स्कुलका सहायक प्राचार्य दीपकप्रसाद कायस्थ लगायतले संयुक्तरुपमा पुस्तकको विमोचन गर्दै लेखकलाई शुभकामना दिनुका साथै पुस्तकको महत्वका बारेमा चर्चा गरेका थिए ।

पुस्तकका लेखक डा. वीरेन्द्रप्रसाद कायस्थको सभापतित्वमा भएको उक्त कार्यक्रममा सिमन्त शिल्पकारले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने भक्तपुर नगरपालिका वार्ड नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले कार्यक्रमको सन्चालन गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *