एमाले नेता हिक्मत कार्कीको घर अघि ‘बम होक्स’ फेला, सेनाले गर्‍यो डिस्पोज

काठमाडौं ! एमाले स्थायी कमिटी सदस्य एवं  प्रदेश १ का पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको घरनजिक शुक्रबार बिहान नक्कली बम ‘बम होक्स’ भेटिएको छ ।

नेता कार्कीको झापाको गौरादह नगरपालिका–३ स्थित घरअगाडि बिहान ५ :३० बजेतिर प्रेसर कुकरमा तार बेरेर बाहिर निकालेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरदेखि ३०–४० मिटरको दूरीमा भेटिएको प्रेसर कुकरमा तार राखेर बाहिर निकालिएको छ ।

पूर्वमन्त्री कार्कीले घरअगाडि शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई उहाँले जानकारी गराउनु भएको थियो। उहाँले फेसबुकमार्फत पनि शंकास्पद वस्तु भेटिएको भनेर सार्वजनिक गर्नुभएको थियो । बिहान करिब ४ बजेतिर लाइट नबाली आएको एउटा मोटरसाइकलमा चढेका व्यक्तिले उक्त वस्तु छाडेर गएको हुनसक्ने बताइएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार शंकास्पद वस्तु रहेको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको जानकारी दिनुभयो। घटनास्थललाई प्रहरीको सुरक्षा घेरामा राखेर शंकास्पद वस्तुलाई निस्क्रय पार्न नेपाली सेनाको डिस्पोजल टोली टोली बोलाइएको थियो। घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु नक्कली बम ‘बम होक्स’ रहेको जनाएको छ। उक्त वस्तु सेनाले डिस्पोज गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *