गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना : भेट्न पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं !  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका छन्।

श्रेष्ठकाे स्वास्थ्यावस्थाबारे जानकारी लिन बुधबार बिहान प्रधानमन्त्री दाहाल अस्पताल पुगेका हुन्।

मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका गृहमन्त्री श्रेष्ठकाे मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ।

उनी हाल सघन उपचार कक्ष (आइसियू)मा उपचाररत रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

उपचारका संलग्न चिकित्सकले प्रधानमन्त्री श्रेष्ठकाे स्वास्थ्यावस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।