काठमाडौं ! स्थानिय सरकारलाई पुर्वाधार विकाशमा हातेमालो गर्ने हिसाबले गठित शहरी विकाश मन्त्रालय मातहतको नगर विकाश कोषको सक्रियता ह्वात्तै बढेको छ। कोषले देशका नगरपालिकाहरुको आवस्यकता अनुरुप विकाशमा ऋण सहयोग,अनुदानका कार्यक्रमहरु सहित विकाशमा साझेदारी गरिरहेको छ ।
आज सम्पन्न ऋण साझेदारी(सहयोग) कार्यक्रममा कोषले ३ वटा नगरपालिकाहरु संग विभिन्न मल्टी प्रपोज अर्थात् बहुउद्देश्यीय भवन (कम्प्लेक्स)हरु निर्माणका लागि ऋण सम्झौता कार्यक्रम सम्पन्न गरेको छ। कोषद्रारा आज हस्ताक्षरित ऋण सम्झौताहरुमा पथरी-शनिश्चरे नगरपालिका(मोरङ),गुजरा नगरपालिका(रौतहट) र कोहल्बी नगरपालिका(बारा) रहेका छन।
आज कोष र पथरी-शनिश्चरे नगरपालिका बीच हस्ताक्षरित ऋण सम्झौता अनुसार उक्त रकम नगरपालिकाको मध्य शहरमा अवस्थित नगरपालिकाका कै स्वामित्वमा रहेको जग्गामा मल्टिपल सपिङ कम्प्लेक्स बन्नेछ । २८ करोड,७८ लाख,६१ हजार कुल लागतमा बन्ने कम्प्लेक्समा नगर विकाश कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ। नगरपालिकाले कोषसंग ८ प्रतिशतका दरले ३ बर्ष सहुलियत सहित २० बर्षका लागि ऋण लिएको हो। ऋण सम्झौतामा हस्ताक्षर गर्दै नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलिप राईले नगरपालिकामा अवस्थित हाम्रै स्वामित्वमा रहेको जग्गालाई के कसरी उपयोग गर्न सकिन्छ भन्ने लामो छलफलपछि हाम्रो सम्पर्क नगर विकाश कोषसंग भयो,त्यस सम्पर्कपछि हाम्रो योजनालाई साकार पार्न कोषले साथ दिएको छ,यसको सफलतामा केही समय लागेपनि आज सफल भएका छौ,त्यसैले पनि हामी अत्यन्त खुसीका साथै कोषप्रति आभारी भएका छौ-उहाँले भन्नुभयो। नगरपालिकाको उद्देश्य कसरी आफ्नो आय आर्जन वृद्धि गर्न सकिने?कसरी जनतालाई रोजगारी वृद्धि गर्न सकिने भन्ने रहेकोले यो कम्प्लेक्स निर्माणले यसलाई ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। ” नगरपालिका विकाशका लागि हाम्रा उद्देश्यहरु थप रहेका छन,यो योजना सफल बनाएर थप अरु उद्देश्यहरुमा कोषसंग छलफल र सहकार्य गर्ने सोचमा छौं,हाम्रो योजना र टिमलाई सहयोग गरिदिनु भएकोमा कोषलाई धन्यवाद।”नगरप्रमुख राईले भन्नुभयो।
त्यसैगरी कोष र गुजरा नगरपालिका(रौतहट) बीच आजै बहुउद्देश्यीय भवन(मल्टी कम्प्लेक्स) बनाउने योजनामा ऋण सम्झौता कार्यक्रम सम्पन्न भएको छ। कोषको कार्यकक्षमा सम्पन्न उक्त कार्यक्रममा कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र नगरपालिकाको तर्फबाट नगरप्रमुख सन्तलाल प्रसाद चौधरीले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ।
उक्त बहुउद्देश्यीय भवन निर्माणको कुल अनुमानित लागत ८ करोड,८३ लाख,३१ हजार रहेको छ भने उक्त सम्झौता अनुरुप कोषले कुल लागतको ६० प्रतिशत अर्थात ५ करोड,२९ लाख, ९८ हजार ,६ सय र नगरपालिकाले कुल लागतको ४० प्रतिशत अर्थात् ३ करोड,५३ लाख,३२ हजार,४ सय व्यहोर्नु पर्ने छ।
२ बर्ष सहुलियत गरि २० बर्षमा ८ प्रतिशतका दरले उक्त रकम नगरपालिकाले कोषलाई भुक्तानी गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ।
ऋण हस्ताक्षरसंगै आफ्नो धारणा राख्दै नगरप्रमुख चौधरीले कोषको सहयोगलाई धन्यवाद दिनुभयो। विकाशले पछि परेको २ नम्बर प्रदेशको हाम्रो नगरपालिकामा लामै प्रयासपछि भएपनि कोषले सम्झौता गरेको छ,यो खुसीको कुरा हो-उहाँले भन्नुभयो। “वित्तीय कारोबारमा म आफैंपनि ३० बर्ष बिताएका कारण म हरेक तवरले यो कुरामा पारदर्शी रहन्छु,म कुनैपनि बिसयमा नगरपालिका र कोषबीच फाटो ल्याउन दिनेछैन र समयमै आयोजना सम्पन्न गरेर आफुहरुले कोषलाई ऋण भुक्तानी गर्नेछौ।”- उहाँले भन्नुभयो। साथै कोषले आफ्नो योजनाको लागि ऋण सहयोग गरेकोमा सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो।
त्यस्तै आज नै नगर विकाश कोष र कोहल्बी नगरपालिका(बारा) बीच सपिङ कम्प्लेक्स निर्माणका लागि ऋण सम्झौता कार्यक्रम सम्पन्न भएको छ। नगर कोषको भवनमा दिउँसो ३ बजेबाट कार्यक्रम सुरु भएको थियो। उक्त सम्झौता अनुसार भवनको कुल अनुमानित लागत १७ करोड,२८ लाख,७३ हजार रहेको छ भने यो आयोजनामा नगर विकाश कोषले कुल लागतको ७५ प्रतिशत अर्थात् १२ करोड,९६ लाख,७ सय पचास लगानी गर्नेछ।त्यस्तै नगरपालिकाको तर्फबाट कुल लागतको २५ प्रतिशत अर्थात् ४ करोड,३२ लाख,१८ हजार,२ सय पचास रहेको छ ।उक्त आयोजनाका लागि कोषले २ बर्ष सहुलियत गरि २० बर्षमा ८ प्रतिशत व्याजदरका दरले ऋण सम्झौता गरेको छ।उक्त सम्झौतामा नगर विकाश कोषका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण प्रसाद सापकोटा र नगरपालिकाका तर्फबाट नगरप्रमुख भरत बहादुर भण्डारीले हस्ताक्षर गर्नुभएको थियो।
सम्झौता हस्ताक्षर पछि बोल्दै नगरप्रमुख भण्डारीले कोषले आफ्नो आयोजनप्रति गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो। “हाम्रो उक्त ठाउँमा लामो समयबाट उपयोग विहिन अवस्थामा जग्गा रहेको थियो। उक्त जग्गालाई कसरी उपयोग गर्ने भन्ने छलफलकै क्रममा नगरपालिकालाई दीर्घकालीन रुपमा आयस्रोतको माध्यम बन्नसक्ने बहुउद्देश्यीय भवनको निर्माण गर्न सके जनताले देख्ने र हामीले पनि नगरको विकाशको लागि केही गर्न सकेको अनुभुत हुन्थ्यो।त्यस ठाउँमा यस किसिमको भवन निर्माणपछि सयौले रोजगारीपनि पाउने बाताबरण बन्ने अपेक्षाका साथ यो आयोजना सफल बनाउन कोषसंग सहकार्यमा जुट्यौ।”-उहाँले भन्नुभयो।
त्यस्तै कोषको तर्फबाट ३ वटै नगरपालिकाहरु संग छुट्टाछुट्टै ऋण सम्झौतामा हस्ताक्षर गर्नुभएका कोषका कार्यकारी अध्यक्ष कृष्ण प्रसाद सापकोटाले आज गरिएका यी तिनै वटा नगरपालिका संगको सम्झौता नयाँ भएको बताउनु भयो। पुर्वाधार विकाशमा कोषले लिएको उद्देश्यहरु सफल हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो। “नगर कोषको माध्यमबाट हामीले हाम्रो स्थानिय तहहरुसंग विकाशमा साझेदारी गर्ने मौका पाएका छौं । यो हाम्रालागि गौरवको कुरा हो किनभने यी आयोजनाहरु सबै जनतासंग जोडिएका छन।यहाँहरु संग जोडिएर जनताका लागि केही गर्न पाउँदा आफू निक्कै खुसी भएको छु।”-उहाँले भन्नुभयो।
“कोषले कुनै स्थानिय तहहरुलाई भेदभाव गर्दैन।यहाँहरुका उपयुक्त आयोजना भए हामीसंग कुनैपनी समयमा छलफल र सहकार्य गर्न सक्नुहुन्छ ।”- उहाँले भन्नुभयो। आज गरिएका सम्झौतामा आफू निकै खुसी रहेको उहाँको भनाई थियो। माटो सुहाउँदो आयोजनामा नगरपालिकासंग सहकार्य गर्न पाउनु कोषकै लागि सुखद कुरा भएको बताउनु भयो। साथै आगामी दिनहरुमा पनि नयाँ एवं उत्कृष्ट आयोजनहरुमा नगरपालिकाहरु संग सहकार्य हुनेमा नगरप्रमुखहरु लाई बिश्वास दिलाउनु भयो।
कार्यक्रममा कोष र नगरपालिका बीच हुने सम्झौताका ड्राफ्टहरु बारे कोषका प्रशासन प्रमुख सुर्य कार्कीले उपस्थित सबैलाई स्पस्ट पार्नु भएको थियो। आजका कार्यक्रमका तस्वीरहरु:-