भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं ! निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन् । असार मसान्तमा पनि सरकारले भुक्तानी नदिएपछि निर्माण व्यवसायी महासंघले आज सरकारविरुद्ध आन्दोलन गर्दै अर्थमन्त्री डा. महतको राजीनामा मागेको हो ।

बजेट नभएको आयोजनाको टेण्डर गरेर काम लगाएको तर, भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहले कामको भुक्तानी माग गर्दा अर्थमन्त्रीले आफ्नो घरको अंश काटेर दिनुपर्ने जस्तो व्यवहार देखाएको भन्दै आक्रोश पोखे । बजेट नभएको ४ खर्बको आयोजना गरेर स्रोत सुनिश्चित नभएको आयोजना निर्माणको जिम्मा लगाउने तर, काम भूक्तानी नदिने गरिएको भन्दै आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको गुनासो पोखे ।

‘बैंकको ऋण बढिरहेको छ, सप्लायर्सलाई उधारो तिर्नुपर्ने पैसा बढिरहेको छ, कामदारलाई ज्याला दिन पाएका छैनौँ, जताततै तिर्न मात्रै बाँकी छ, तर सरकार भूक्तानी दिँदैन, हामी आत्मदाह गर्नुपर्ने अवस्था आइपुगेका छौँ’ उनले भने ।

निर्माण व्यवसायीहरुले ७० अर्ब रुपैयाँ भूक्तानी पाउन बाँकी रहेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *