“मेचीनगर कृषि मन्डी” निर्माणका लागि नगर विकाश कोष र मेचीनगर नगरपालिका बीच ऋण सम्झौता सम्पन्न (फोटोसहित)

काठमाडौं ! नेपालको पूर्वी सिमानाको प्रवेशद्वार एवं व्यावसायिक कृषि उपजको प्रमुख केन्द्रको रुपमा रहेको मेचीनगर नगरपालिकामा आधुनिक कृषि पूवार्धारको विकास तथा विस्तार गराउने उद्देश्यका साथ मेचीनगर नगरपालिकाको वडा १० मा नगरपालिकाको करिब ९० रोपनी क्षेत्रफलमा निर्माण हुने “मेचीनगर कृषिमण्डि (Mechinagar Vegetable Market)” आयोजनाका लागि मिति २०७८ पौष ६ गते मेचीनगर नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ । नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र मेचीनगर नगरपालिकाका प्रमुख श्री बिमल आर्चाय बीच रु. ९ करोड ६५ लाख २३ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ । सम्झौता कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख श्री मिना उप्रेती र वरिष्ठ प्रशासकिय अधिकृत श्री अन्न्त प्रकाश वस्तीको समेत उपस्थिति थियो ।

यस “मेचीनगर कृषिमण्डि (Mechinagar Vegetable Market)” आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषको तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखज्यूबाट यो आयोजना नगरपालिकाको बृहद् नमूना कृषि पूर्वाधार आयोजनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीयरुपमा सयममा सम्पन्न हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका प्रमुखज्यूबाट यो आयोजना निर्माणबाट मेचीनगर नगरपालिका एक प्रमुख व्यापारिक होल्डिङ्ग सेन्टरको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूले नगरपालिकामा निर्माण हुने यस आयोजनाबाट मेचीनगर नगरपालिका एक व्यस्थित राष्टिय तथा अन्तराष्ट्रिय व्यापािरक केन्द्रको रुपमा सबल हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यकारी निर्देशकज्यूले नगर विकास कोषको उद्देश्य नै व्यवस्थित शहरीकरणमा नगरपालिकाहरुलाई वित्तिय तथा प्राविधिक सहयोग प्रदान गर्ने रहेकोले आगामी दिनमा नगरपालिकासंग शहरी पूर्वाधारका अन्य आयोजनाहरुमा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *