नगर विकाश कोष र दशरथचन्द नगरपालिका बीच व्यवसायिक भवन निर्माण सहयोगका लागि ऋण सम्झौता सम्पन्न

काठमाडौं ! नगर विकाश कोष र दशरथचन्द नगरपालिका बीच ४ तले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माणका लागि ऋण सम्झौता कार्यक्रम सम्पन्न भएको छ।

नगर विकाश कोषको कार्यालयमा आज सम्पन्न ऋण सम्झौता कार्यक्रममा विकाश कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र नगरपालिकाको तर्फबाट उपमेयर मिना चन्दले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो।

आफ्नै स्वामित्वमा रहेको जग्गामा पहिलो पटक व्यवसायीक भवन निर्माण गर्न लागेको यस नगरपालिकाले उक्त भवन निर्माणको लागि करिब ४ करोड,६६ लाख बजेटको इस्टिमेट तयार गरेको हो।
उक्त कुल लागत मध्य नगर विकाश कोषले ६५ प्रतिशत र नगरपालिकाले ३५ प्रतिशत लगानी गर्नेछन। उक्त कुल लागतको करिब ३ करोड,३ लाख बराबर रकम विकाश कोषले लगानी गर्नेछ भने करिब १ करोड,६३ लाख बराबर नगरपालिकाले लगानी गर्नेछ।

करिब २० बर्षको ऋण सम्झौता अनुरुप सम्झौता भएको २ बर्ष सहुलियत अवधी र बाकी १८ बर्षमा ३६ किस्ता गरेर सावाँ व्याज सहित नगरपालिकाले उक्त रकम चुक्ता गरिसक्नु पर्नेछ।पुर्वाधार विकाश कार्यक्रम अन्तरगत नगर विकाश कोषले देशका विभिन्न स्थानिय तहहरुमा विकाशका लागि साझेदारी गरिरहेको छ।

नगर विकाश कोषले दशरथचन्द नगरपालिका सग दोस्रो पटक यस किसिमको सम्झौता गरेको हो।पहिलो पटक २०१३ सालमा स्कुल निर्माणका लागि अनुदान सहयोग गरेको थियो भने यो पटक ऋण सहयोगका लागि सम्झौता गरेको छ। आज भएको सम्झौतापछि अब भवन निर्माणको लागि बजेट सुनिश्चित भैसकेकोले नगरपालिकाले नगर विकाश कोषको समन्वयमा टेन्डर प्रक्रिया अघि बढाउने छ । टेन्डर सम्झौता भएपछी करिब २ बर्ष सम्ममा उक्त भवन निर्माण भैसक्ने जनाइएको छ।

उक्त सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट उपमेयर मिना चन्दले हाम्रो लागि यो सम्झौता हुनु गौरवको कुरा भएको बताउनु भयो। लामो समयदेखिको मेहनतले आज सार्थकता पाएकोमा आफू लगायत नगरपालिकाको टिम अत्यन्त खुसी रहेको बताउनु भयो।साथै उहाँले नगरपालिकाको कामहरु मध्ये यो नौलो र जनताले प्रत्यक्ष अनुभुत गर्न सक्ने खालको काम भएकोले आफु यो सम्झौता हुदा अत्यन्त हर्षित भएको बताउनु भयो। सम्झौतापछि नगरपालिकाले आयोजनालाई पारदर्शीता साथ अघि बढाउने प्रतिबद्धतापनि व्यक्त गर्नुभयो।

उक्त अवसरमा कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगर विकाश कोषको उद्देश्य भनेको नगरपालिकाहरुलाई प्राविधिक र आर्थिक रुपले सहयोग पुर्याउनु नै रहेको प्रस्ट्याउनु भयो।नगरपालिकाहरुले जुन कन्सेप्टले योजना तयार पार्छन,त्यस योजनालाई सफल पार्नु कोषको दायित्व भएको बताउनु भयो। विकाशका हिसाबले सुदुरपश्चिम र कर्णाली प्रदेश पछाडी रहेकाले यी क्षेत्रमा विकाशका लागि नगर कोष साझेदारी गर्न सधै तत्पर रहेकोपनि प्रस्ट्याउनु भयो।                                         

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *