सडक निर्माण अलपत्र पार्ने ३ निर्माण व्यवसायीसँग ठेक्का तोड्दै पूर्वाधार विकास कार्यालय

काठमाडौं। पूर्वाधार विकास कार्यालय पर्वतले सडक निर्माणको काम अलपत्र पार्ने ३ वटा निर्माण व्यवसायीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ।

कार्यालयले आइतबार एक सूचना जारी गर्दै पटकपटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीहरुले समयमा काम नगरेपछि ठेक्का तोड्न लागिएको जनाएको हो।

सडक डिभिजन कार्यालय वागलुङसँग संझौता भएको योजनाको निर्माण कार्य सम्पन्न गर्न पटक पटक म्याद थप भएको थियो। साथै कार्यलयले लिखित, मौखिक तथा फोन सम्पर्क गर्दा निर्माण कम्पनी बाट कुनै प्रतिक्रिया प्राप्त नभएको कार्यलयले जनाएको छ।

यसरी काम अलपत्र पार्ने निर्माण व्यवसायीहरुमा शिभालय निर्माण सेवा, गजुरमुखी निर्माण सेवा र हिमडङ एण्ड ठोकर कन्स्ट्रक्सन रहेका छन्।

कार्य प्रगति सन्तोषजनक नभएको प्रति कार्यालयको गम्भिर ध्यानआकर्षण भएको जनाएको छ। त्यसैले यस कार्यलयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको जनाएको हो।

कार्यलयले ठेक्का संझौताको शर्त बमोजिम कार्य सम्पादन नभएको भन्दै जमानत रकम तथा अग्रिम बैंक जमानत रकम जफत गरी सार्वजनिक खरिद ऐन र खरिद नियमावली बमोजिम ठेक्का खारेज गरी कालो सुचीमा राख्ने जनाएको छ। यस सम्बन्धी कारवाही अगाडि किन नबढाउने भनेर स्पष्टिकरण पेस गर्न निर्माण व्यवसायीलाई १० दिनको समय दिएको छ।

स्पष्टिकरण तोकिएको समयभित्र प्राप्त नभएमा वा चित्तबुझ्दो नभएमा तथा १५ दिनभित्र निर्माण कार्य शुरु नगरेमा जमानत वापतको रकम जफत गरी ऐन नियम अनुसार ठेक्का अन्त्य गरी कालो सुचीमा राख्ने सम्बन्धी कारवाही अगाडि बढ्ने कार्यलयको भनाइ छ।

मिलनचोक- सल्यान- धारापनी- ठोट्नेरी सडक, लमयाखोला- सुरङ्दी सडक, चानखोला-भवानी सडक, डिमुवा रम्जा- चित्रे सडक र बिरौटा-खलडाडा-तातोपानी सडक निर्माणको काम अलपत्र पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *