२ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न २ अर्ब लाग्ने

काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार २ अर्ज रुपियाँको व्यवस्था भए आगामी आर्थिक वर्षमा सबै सम्पदाहरू पुनः निर्माण सम्पन्न हुनेछ ।

बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा कठिनाइ परेको जिकिर गर्दै प्रवक्ता कुँवरले भने, बजेट अभाव नभएको भए दुई वर्षअघि नै सम्पन्न हुने थियो । सरकारले माग गरेअनुसार बजेट व्यवस्था गरे अबको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न भइसक्नेछ ।

भूकम्प गएको वर्ष पुगिसक्दा पनि पुनर्निर्माणले गति लिन सकेको छैन। तर, पुरातत्व विभागले भने दुई वर्षदेखि नै अबको दुई वर्षमा क्षतिग्रस्त सबै सम्पदा पुनर्निर्माण भइसक्ने दाबी गर्दै आएको थियो ।गत वर्ष विभागले २०८२ सालसम्ममा सबै सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको थियो । तर, यही अवस्थामा अर्को दुई वर्षमा पनि निर्माण सम्पन्न हुन सक्ने अवस्था देखिदैन ।

तथ्यांकअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० वटा सम्पदामा क्षति पुयाएकोमा हालसम्म देशभरका ७ सय ३ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । सयवटा सम्पदाहरू पुनः निर्माणको क्रममा रहेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *