पुर्वमन्त्री रानाको पहलमा विनियोजित बजेटबाट पंचोदय माबिको भवन शिलान्यास

कैलाली। धनगढी उपमहानगरपालिका स्थित पन्चोदय माद्यामिक विद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। करिब २ करोड २४ लाख बढी रकममा उक्त भवन बन्न लागेको हो।

पुर्वमन्त्री एवं कैलाली क्षेत्र न. ५ का प्रतिनिधिसभा सांसद माननीय नारद मुनी रानाको पहलमा केन्द्र सरकार , राष्ट्रिय योजना आयोगबाट विनियोजित बजेट बाट बन्न लागेको पन्चोदय मा.बि. को भवनको धनगढी उपमहानगरपालिकाका मेयर निर्प वडबाट आज शिलान्यास भएको हो।

संघीय सांसदको पहलमा पर्याप्त बजेट पुगेपछि शिलान्यास भएको उक्त भवन निर्माणले उक्त विद्यालयका सयौ विद्यार्थिहरु लाभान्वित हुनेछन।
भवन शिलान्यास कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष हिरा सिंह पातली, विद्यालयका प्राध्यानाध्यापक हरिस कुमार ओझा लगायत सामाजिक अगुवा हरुको उपस्तिथिमा भवनको शिलान्यास गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *