मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व, सडक विभागद्वारा पाइप फुटाई दियो

काठमाडौं । उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ ।

सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्‍याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ ।

विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा सडकमा क्षति पुर्‍याई खाल्टाखुल्टीरहित सडक अभियानलाई अवरोध पुर्‍याएको आरोप सडक विभागको छ ।

पाइप परीक्षण वा पानी वितरणक्रममा तीनकुने, लाजिम्पाटलगायत उपत्यकाका विभिन्न स्थान जलमग्न भएको थियो ।

मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले आयोजनाको पाइप फुटाउँदा पानी वितरणमै समस्या आउन सक्ने बताए ।

उनले सडकमुनि खानेपानीको पाइप छ भन्ने कुरा मनन गरी सावधानी अपनाएर काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
उनले बिहीबार काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणक्रममा मेलम्चीको पाइपमा क्षति पुग्दा कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति अवरुद्ध भएको बताए ।

सो क्षेत्रमा मेलम्चीको सात सय एमएमको पाइपमा क्षति पुगेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *