धनगढी, खुटिया दिपायल सडक बने सबै एमालेलाई भोट दिन्छन की भनेर गठबन्धनले बजेट काट्यो : राना

धनगढी !  नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री नारदमुनी रानाले धनगढी खुटिया, दिपायल सडक बने यहाँका सबै मतदाना एमालेमै भोट दिने हुन् की भन्ने डरले गडबन्धनले यस सडकको बजेट काटेको बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रहेका रानाले आफै मन्त्रीलाई ल्याएर ७५ करोड बजेट बिनियोजन गराएर काम शुरु गरेपनि पछिल्लो समय गठबन्धन सरकारले बजेट काटेको बताए ।

मैले कत्रो जोडबलका साथ धनगढी, खुटिया, दिपायल सडक निर्माणका लागी पहिलो चरणमा ७५ करोड रकम बिनियोजन गर्न लगाएको थिए उनले भने “संघिय भौतिक पुर्वाधार मन्त्रीलाइनै यो सडकमा घुमाएर बजेट बिनियोजन गरेर काम समेत शुरु गर्न लगाएको थिए अब मेरो सपना पुरा हुन्छ सोचेको थिए तर यो गठबन्धन सरकार आएपछि सडकको बजेटनै कटौती गरिदियो, अहिले ठेकेदारले समेत पैँसा पाएको छैन ।”

यहाँ मलाई बदनाम गराउन बजेट काँ नारदमुनीले हालेको हो त मैले हालेको हुँ भनेर झुक्याउन खोज्ने धेरै छन् उनले भने “यो सडकमा बजेट हाल्न लगाएको मैले हो, मैले योजना दिएको हुँ, हाम्रो अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री हुँदा कामपनि अगाडी बढेको थियो तर यो गठबन्धन सरकारले बजेट समेत काटिदियो ।” एउटा मात्रै होइन यस्ता एमालेले शुरु गरेका सयौँ, हजारौँ योजना गठबन्धनले कटौती गरेर बजेट रोकेको छ उनले भने “अनी बजेट हाल्ने एमाले रोज्ने की कजेट काट्ने गठबन्धन आफै सोचौँ बिकास चाहानेले एमाले रोजौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *