आफ्नै पहलमा बनेको भाइरल रोडमा एमाले महासचिव पोखरेल

काठमाडौं ! नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोख्रेल घोराही–हापुर भाइरल रोडको अवलोकन गर्नुभएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा आफैले निर्माण गरेको उक्त रोड अहिले भाइरल रोडका नामले परिचित छ । जंगलभित्र चिल्लो कालोपत्रे सडकमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु टिकटक, भिडियो निर्माण गर्ने र घुम्न जानेहरुको भीड लाग्दछ । आफैले बनाएको सडकमा अवलोकन गरेपछि महासचिव पोख्रेलले भन्नुभयो– हामी काम गर्ने मान्छे हौं ,त्यसको परिणाम यी विकासका सम्पन्न योजनाहरुले पुष्टि गर्छ। उहाँले आगामी दिनमा पनि आफ्नो ध्यान क्षेत्र न.२ को समृद्धिमा नै केन्द्रित हुने उल्लेख गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *