सुदूरपश्चिमलाई औद्योगिक हब बनाउने योजना छ : सचिव भट्ट

काठमाडौं ! नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिममा सन्चालनमा रहेका गौरवका योजना आफ्नै पहलमा सुरु भएको बताउनु भएको छ । निर्वाचन क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो।

उहाँले गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, विभिन्न औद्योगिक क्षेत्र निर्माण लगायतका योजना अगाडि बढाएको उल्लेख गर्नुभयो। सुदूरपश्चिमका सबै नागरिक रोजगारीका लागि भारत जाने गरेको बताउँदै उहाँले यहाँ उद्योग स्थापना गरेर रोजगारीको व्यवस्था समेत गर्ने योजना रहेको बताउनुभयो । सचिव भट्टले आफुले यस क्षेत्रका जनताको जिवनस्तर उकास्न अझ सशक्त ढंगले भुमिका खेल्ने बताउनुभयो। उहाँले आगामी निर्वाचनमा आफुलाई मत दुई प्रतिनिधि सभा सदस्यमा अत्याधिक मतले विजयी बनाउन समेत अपिल गर्नुभयो। उहाँ एमालेबाट कैलाली क्षेत्र न.४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *