पूर्वमन्त्री रानाद्वारा देउथान थारु संघको नवनिर्मित भवनको उद्घाटन (फोटो फिचर)

धनगढी ! पूर्वमन्त्री एवं प्रतिनिधि सभा क्षेत्र न.५ का निवर्तमान सांसद नारदमुनी रानाले धनगढी तारानगरस्थित देउथान थारु संघको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ। आज आयोजित एक कार्यक्रमका बिच उहाँले उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो। उक्त भवन पूर्वमन्त्री रानाको सांसद विकाश कोषबाट निर्मित हो।

उक्त अवसरमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठक, एमाले केन्द्रीय निर्वाचन बिभाग सदस्य रणबहादुर चन्द,जिल्ला कावा अध्यक्ष दुर्गा जोशी,धनगढीका पूर्वमेयर खेमराज पाण्डे,जिल्ला कमिटी सदस्य एवं रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमलसिं राना लगायतका नेताहरुको उपस्थिति थियो।                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *