सांसद रानाको पहलमा धनगढी-१२ मा निर्माण सम्पन्न बौद्धगुम्बा स्तुपाको उद्घाटन (फोटो फिचर)

धनगढी ! कैलाली क्षेत्र न.५ प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री नारदमुनी रानाको पहलमा निर्माण भएको श्री अहिंसावादी बौद्ध गुम्बा स्तुपाको आज समुद्घाटन गरिएको छ। सांसद रानाको पहलमा स्थानिय पुर्वाधार विकास साझेदारीबाट निर्माण भएको उक्त स्तुपाको आज उद्घाटन गरिएको हो।

धनगढी उपमहानगरपालिका वडा न.१२ स्थित गुम्बाडाँडामा निर्माण भएको उक्त स्तुपाको उद्घाटन पूर्व बन तथा वातावरणमन्त्री एवं सांसद नारदमुनि रानाले गर्नुभएको थियो। उक्त अवसरमा त्यस प्रदेश क्षेत्रका प्रदेश सांसद नेपालु चौधरी लगायतका विभिन्न पार्टीका नेताहरु,बुद्धिजीवीहरु,बौद्ध धर्मका गुरु,स्थानीय प्रतिनिधि एवं शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो।

उक्त अवसरमा प्रमुख अतिथि सांसद रानाले आफू सांसद भएपछी हरेक धर्मावलम्बी,जातजाति,भाषाभाषीका जनताहरुको सम्मान एवं उत्थानका लागि कार्यक्रमहरु ल्याएको र यसको उदाहरण यो स्तुपा रहेको बताउनु भयो। शान्तिका प्रतीक भगवान गौतमबुद्धको यो स्तुपा यस् क्षेत्रमा निर्माण गर्न पाएकोमा आफू निकै खुसी रहेको बताउनु भयो। आफ्नो क्षेत्रको विकासका लागि आफू सधै जनताको साथमै रहेकाले आफुलाई साथ दिइरहन जनतासँग पनि आग्रह गर्नुभयो।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *