गेटा मेडिकल कलेज विश्वविद्यालय बन्न सक्छ : पुर्वमन्त्री योगेश भट्टराई

धनगढी – संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको टोलिले आईतबार कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजको अनुगमन गरेको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको टोलिले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् । निरीक्षणका क्रममा समितिका टोलिले गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण गर्दै शिक्षा मन्त्रालय मातहत रही निर्माणाधीन गेटा मेडिकल कलेजलाई आफ्नै छुट्टै विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए ।

पुर्व पर्यटन,नागरिक तथा उड्यान मन्त्री योगेश भट्टराईले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेकाले यसको विकासका लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरि सहयोग हुने प्रतिवद्धतासमेत जनाए । ‘बिकासका हिसाबले मानव विकास सूचकांकका हिसाबले पछाडी परेको सुदूरपश्चिममा गेटा मेडिकल कलेजलाई मेडिकल बिश्वबिद्यालय कै रुपमा अगाडी बढाउन सकियो भने राष्ट्र कै लागि राम्रो हुनेछ, उनले भने ।

Geta Medical College photo1657446099.jpg

गेटा मेडिकल कलेज निरीक्षणकै लागि गेटा पुगेका पुर्व वन तथा बाताबरण मन्त्री नारद मुनि रानाले गेटा मेडिकल कलेजको भौतिक प्रगति हेर्दा आशलाग्दो देखिएको बताए । रानाले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रूपमा विकास गरिनुपर्नेमा जोड दिए । ‘गेटा मेडिकल कलेजमा भौतिक पूर्वाधारको काम ९० प्रतिशत सकिएको छ । अस्पताल चलाउन आवस्यक पर्ने पूर्वाधार हामीले २ बर्ष अघि नै तयार गरेको हो, अहिले पछिको लागि एक्स्ट्रा तयारी गर्दै छौं,’ मेडिकल कलेजका भौतिक पूर्वाधार निर्देशक हेमराज पुजाराले भने।

संघीय सांसद चित्रकला यादवले भौतिक संरचना तयार भैसकेको अवस्थामा मेडिकल कलेजलाई तत्काल संचालन गर्नुपर्ने बताईन् । उनले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेकाले यसको थप विकासमा सहयोग हुने प्रतिवद्धतासमेत जनाइन् । निरीक्षणकै लागि गेटा पुगेकी संघीय सांसद अन्जना विशंखेले अस्पताल संचालनको प्रक्रिया र विश्वविद्यालय संचालनको प्रक्रिया बुझेर थप काम कारबाही अघि बढाउने बताईन् ।

Geta Medical College photo 21657446098.jpg

गोदावरी नगरपालिकामा रहेको निर्माणधिन मेडिकल कलेजमा समितिले स्थलगत अवलोकन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम गरेको थियो । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको टोलि आईतबार कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजको अनुगमन गर्न आएको हो । समितिमा सांसद योगेश कुमार भट्टराई,अञ्जना विशंखे, चित्रलेखा यादव, नविन लामा, भैरव बहादुर सिंह, मानबहादुर विश्वकर्मा ,डा। दिपक भट्ट र नारद मुनि रानाको सहभागिता रहेको थियो ।

गेटामा भौतिक संरचना निर्माण भइसकेकाले अविलम्ब आधुनिक उपकरण तथा विशेषज्ञ सेवा सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न संघर्ष समितिले निरन्तर माग गर्दै आएको छ । पुर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि सञ्चालनका लागि सरकारले कुनै कदम नचाल्दा स्थानीयहरु मेडिकल कलेज सञ्चालनको माग गदै आन्दोलित समेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *