पूर्वमन्त्री ठगुन्नाद्वारा निर्माणाधीन गोकुलेश्वर एयरपोर्टको अनुगमन

दार्चुला ! पुर्वमन्त्री एवं दार्चुलाबाट प्रतिनिधिसभा सदस्य गणेशसिं ठगुन्नाले निर्माणाधीन गोकुलेश्वर एयरपोर्टको अनुगमन गर्नुभएको छ।

जिल्लामा उक्त एयरपोर्टका लागि पहलकर्ता समेत रहनुभएका सांसद ठगुन्नाले निर्माणाधीन विमानस्थलको भौतिक प्रगती एवं गुणस्तरीयता बारे चासो राख्नु भएको थियो। उहाँ स्थानीय जनप्रतिनिधि एवं अगुवाहरुको साथमा उक्त स्थानमा पुग्नु भएको थियो।

दार्चुलामा लामो समयदेखि गोकुलेश्वर विमानस्थल निर्माण गर्न आवाज उठेपनि सांसद ठगुन्नाको पहलमा बजेट लगायतका अन्य प्रक्रियाहरु टुङ्गोमा पुगेको थियो। उक्त विमानस्थल बनेपछि आन्तरिक आवतजावतमा जिल्लाका जनतालाई सहज हुनेछ। हालसम्म जिल्लाका जनताहरु प्रदेस राजधानीबाट गाडीमा जान बाध्यछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *