‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

काठमाडौँ । चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो ।

राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलासुस्तीलगायत कारण प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाउने सरकारको प्रगति विवरण भने सन्तोषजनक छैन ।

चालू आव २०७८/७९ मा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखिएकोमा आव सकिन दुई साता मात्रै बाँकी रहँदा करिब ४० प्रतिशत खर्च गरिएको छ । भौतिक पूर्वाधार तथा विकास निर्माणले गति लिन नसक्दा यसका लागि छुट्याइएको बजेट खर्च हुन नसकेको हो ।

सरकारले प्रतिमहिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजनाअघि सारेको थियो । कार्यान्वयन पाटो हेर्ने हो भने संघ सरकारले हरेक महिना साढे ३ प्रतिशतका दरले विकास निर्माणतर्फ खर्च गरेको पाइएको छ । भूकम्प तथा कोभिड महामारीका समय विकास निर्माणतर्फ योभन्दा उच्च प्रतिशतमा खर्च हुने गरेको थियो । याे खबर राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *