गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाइनेछ : प्रधानमन्त्री देउवा

धनगढी ! प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गेटा कलेजलाई प्रतिष्ठान बनाउने ऐन ल्याउने बताउनु भयो ।

‘डडेल्धुरामा मेडिकल कलेज बनाउने भनेपछि कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ’ उहाँले भन्नुभयो, ‘त्यसलाई प्रतिष्ठान बनाइनेछ । काठमाडौ गएलगत्तै प्रतिष्ठान ऐन ल्याई यसै वर्षदेखि सञ्चालनमा ल्याइन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *