उपमेयर रानाको स्वागत मन्तव्यसँगै प्रधानमन्त्री देउवाले गर्नुभयो धनगढी उपमहानगरको प्रशासकीय भवनको उद्घाटन

कैलाली !  प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्नु भएको छ।हिजो शुक्रबार सुदूरपश्चिम पुग्नु भएका प्रधानमन्त्री देउवाले आज शनिबार विहान धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन गर्नु भएको हो।

उहाँ सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन हिजो कञ्चनपुर पुग्नुभएको थियो। नवनिर्मित भवन उद्घाटन समारोहमा प्रधानमन्त्रीसगै मुख्यमन्त्री त्रीलोचन भट्ट पनि विशेष अतिथिका रुपमा हुनुहुन्थ्यो। उक्त अवसरमा स्वागत मन्तव्य उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले राख्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *