फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु

काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराई(मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ ।

नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।

सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् ।

ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली सेनाले दुई हप्ताअघि ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो ।

कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताको मापदण्ड तथा सेवा सर्तअनुसार बिहीबारदेखि दुवै खण्डको सुरुङ खन्ने काम सुरु भएको जानकारी दिए ।

सुरुङ खन्ने काम दुई खण्डमा भइरहेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *