केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनसँग प्रस्ताव गरिने

काठमाडौं । नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहैका चीनका विदेशमन्त्री वाङ यीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट यो प्रस्ताव गरिने मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माले जानकारी दिए ।

यसैगरी नेपाल र चीनलाई जोड्ने मुख्य सडकको रूपमा रहेको अरनिको राजमार्गलाई विस्तार गरिदिन समेत नेपालले विदेशमन्त्री वाङसमक्ष प्रस्ताव गरिने महाशाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।

नेपाल र चीनको सिमाना तातोपानीस्थित मैत्री पुलदेखि काठमाडौँको माइतीघरसम्म रहेको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारले निर्माण गरेको हो ।

नेपाल र चीनबीचको मित्रताको प्रतीकको रूपमा लिइएको सो रेलमार्गको निर्माण अनुदान सहयोगमा नै गर्न नेपालले चीनलाई आग्रह गर्दै आए पनि सम्भाव्यता अध्ययनका लागि नेपालले अहिलेसम्म औपचारिक प्रस्ताव गरेको थिएन ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *