मेयर शाक्यद्रारा माइतिघरमा आकासे पुलको उद्घाटन

काठमाडौं ! काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरमा आकाशे पुलको उद्घाटन गर्नुभएको छ।
आज बुधबार मेयर शाक्यले माईतीघरस्थित आकाशेपुलको उद्घाटन गर्नुभएको हो। उहाँले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रूपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको पनि बताउनु भयो।

मेयर शाक्यले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताउनु भयो । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराउनु भयो। उहाँले आफ्नो कार्यकालमा महानगरबासीले यस्तै थुप्रै विकासे कार्यक्रम कार्यान्वयनको अनुभुती गरेको बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *