चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिंदै

काठमाडौं ! राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनिन्छ  ।

मेलम्ची  आयोजनाले  पानी  वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा फायर हाइड्रेन्ट जडान गरिसकेको छ । बाँकी  क्षेत्रमा  सो  प्रविधि  जडान  गर्ने  स्थानसमेत  पहिचान  भई  काम  अगाडि  बढाइएको  मेलम्ची  खानेपानी  आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि फायर हाइड्रेन्ट प्रविधि अन्तर्राष्ट्रिय  रूपमै  प्रभावकारी  मानिन्छ  ।
मेलम्ची  खानेपानी  आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै फायर हाइड्रेन्ट जडानसमेत सुरु गरिएको जानकारी दिए । घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप था  विपत्  व्यवस्थापनका  लागि  सहज  र  उपयोगी  हुने  फायर हाइड्रेन्ट सञ्चालनमा ल्याउन लागिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *