मेयर बिष्टद्रारा गैरसरकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन

कंचनपुर ! गैरसरकारी संस्था (गैसस महासंघ) कञ्चनपुरको नव निर्मित भवन उद्घाटन गरिएको छ ।

सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले गैसस महासंघ कञ्चनपुरको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मेयर विष्टले समाजिक परिर्वतनका लागि गैससको महत्वपूर्ण भूमिका हुने भएकाले समाजिक हितका लागि काम गर्न अनुरोध गरेका छन् ।

 

गैसस महासंघका केन्द्रीय सचिव भवराज रेग्मीले देशभरीमा गैसस महासंघ कञ्चनपुरको उत्कृष्ठ भएको बताउदै दुई पटक पुरस्कार पाएको बताए । लोकतन्त्र एव जनको अधिकारका लागि गैससले भूमिका निर्वाह गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *