सिद्धबाबा सुरुङमार्ग पनि नारायणगढ-बुटवल सडक विस्तार गरिरहेको कम्पनीले बनाउने

काठमाडौं । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग  ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले नै बनाउने भएको छ । यो अहिले नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी हो ।

सडक विभाग स्रोतका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणाका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ । यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिस्पर्धा गरेका ४ कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *