विद्युत् प्राधिकरणले बिजुली नकिन्दा निजीक्षेत्रलाई १ अर्बभन्दा बढी घाटा

काठमाडौं ! नेपाल विद्युत् प्राधिकरणले उत्पादित बिजुली नकिन्दा निजीक्षेत्रका विद्यत् उत्पादकलाई गएको वर्षायाममा १ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार गएको वर्षायाममा उत्पादित बिजुली नबिक्दा २७ ऊर्जा उत्पादक कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेका हुन् ।

प्राधिकरणले बढी विद्युत् उत्पादन भएकाले प्रसारण लाइनमा ओभरलोड भई समस्या आउने कारण देखाएर नकिनेको इप्पानको भनाइ छ । केही दिनअघि ऊर्जासचिव दिनेश घिमिरेलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको इप्पानले बताएको छ । अहिले हाइड्रोपावर कम्पनीहरूले बेहोरेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको इप्पानको भनाइ छ ।

इप्पानका अनुसार चेपे खोला, तल्लो मोदी, दोर्दी खोला, घलेम्दी खोला, न्यादी जलविद्युत्, युनाइटेड इदी मार्दी, छ्याङ्दी जलविद्युत्, बुद्धभूमि जलविद्युत्, अप्पर स्याङ्गे जलविद्युत्, सिनर्जी पावर र नौगाढ हाइड्रोपावरलगायत कम्पनीको नोक्सानीको विवरण संकलन भइरहेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *