प्राधिकरणले पोलका अस्तव्यस्त तारहरु थाल्यो हटाउन

काठमाडौं । काठमाडौं उपत्यकाको सडक पोलका अस्तव्यस्त तार हट्ने भएको छ । नेपाल विद्युत् प्राधिरकणले पोलमा अस्तव्यस्त रूपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार हटाउन लागेको हो ।

प्राधिकरणले त्यस्ता तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा तोकेको छ । प्राधिरकणले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रूपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

प्राधिरकणले त्यस्ता तारले सहर कुरूप बनाएको तथा आगलागीलगायतका विद्युतीय दुर्घटना बढेको र विद्युत् सेवा प्रवाहमा पनि असर गरेको जनाएको छ ।

आगलागी नियन्त्रण गर्न र विद्युत् सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्नसमेत निर्देशन दिएको छ ।

प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नांगो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेमीको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी, ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसाग तारको दूरी ५.५ मिटर कायम गर्ने प्राधिकरणले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *